arrow

२६ अक्टोबरमा प्रचण्ड भारत आउँदै, यस्तो छ कारण

logo
प्रकाशित २०७५ कार्तिक ६ मंगलबार
prachanda-india.jpg

नयाँ दिल्ली । केही हप्ता अघि मात्रै भारत भ्रमण गरेर गएका नेकपाका एक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड फेरि भारत आउने चर्चा चुलिएको छ । इण्डिया फाउण्डेसनकोे एक विशेष कार्यक्रममा सहभागी हुनको लागि अध्यक्ष प्रचण्ड अक्टोबर २६ मा नयाँ दिल्ली आउने समाचार नवभारत टाईम्सले जनाएको छ । 

भारतीय वित्त मन्त्री अरुण जेटली इण्डिया आइडियाज कान्क्लेवको  पाँचौं संस्करणमा पहिला अटल बिहारी वाजपेयी स्मृति व्याख्यान दिनेछन् भने नेपालका पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्ड तथा कैंयौं केन्द्रीय मन्त्रीहरुको समेत उपस्थिती रहने जानकारी इण्डिया फाउण्डेसनले जनाएको छ । 

इण्डिया फाउण्डेशनद्वारा आयोजित तीन दिवसीय समारोह २६ अक्टोबरदेखि सुरु हुँदैछ । मंगलवार जारी वक्तव्यका अनुसार यसमा उत्तर प्रदेशका मुख्यमन्त्री  योगी आदित्यनाथ, राज्यसभाका उप सभापति हरिवंश नारायण सिंह तथा केन्द्रीय मन्त्री पीयूष गोयल, सुरेश प्रभु, जयन्त सिन्हा, हरदीप सिंह पुरी तथा सत्यपाल सिंह सम्बोधित गर्नेछन्।

कान्क्लेवको थिम ‘नागरिक घोषणापत्र’ हुनेछ । फाउण्डेशनले पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीको स्मृतिमा व्याख्यानको पनि शुरूआत गरेको छ । फाउण्डेसनले जारी गरेको वक्तव्यका अनुसार भाजपा नेता जेटलीले ‘भारतीय लोकतन्त्र, यसको परिपक्वता तथा चुनौति’ विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ