काठमाडौं । प्रहरी प्रधान कार्यालयले मंगलबार ११ जना प्रहरी नायव महानिरीक्षक (डिआइजी) हरुको पदस्थापन तथा सरुवा गरेको छ । असोज २८ गतदेखि लागू हुने गरी प्रहरी प्रधान कार्यालयले सो निर्णय गरेको हो ।
असोज २८ गते बसेको मन्त्रिपरिषद बैठकको निर्णयअनुसार बढुवा भएका डिआइजीहरुलाई पदस्थापन गर्न गृहमन्त्रालयले मंगलबार प्रहरी प्रधान कार्यालयलाई पत्र पठाएको थियो ।
पदस्थापन अनुसार प्रहरी प्रवक्तामा उत्तमराज सुवेदी आएका छन् भने पूर्व पवक्ता शैलेश थापा महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा आएका छन् । त्यस्तै २ नम्बर प्रदेशमा हरि पाल, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा प्रधुम्नकुमार कार्कीलाई खटाइएको छ ।
यता, ६ जना डीआइजीहरुको सरुवा भएको छ । कामको आधारमा जिम्मेवारी सुम्पिएर उनीहरुलाई सरुवा गरिएको जनाइएको छ ।
प्रहरी प्रधान कार्यालय विशेष व्यूरोबाट पिताम्बर अधिकारीलाई प्रदेश प्रहरी कार्यालय प्रदेश नम्बर ५ दाङ सरुवा भएका छन् ।
कमलबहादुर जिटी महानगरीय विमानस्थल सुरक्षा प्रहरी कार्यालय गौचरबाट प्रहरी प्रधान कार्यालय विशेष ब्यूरो पुगेका छन् ।
मनोज न्यौपाने महानगरिय प्रहरी कार्यालयबाट प्रहरी प्रधान कार्यालय प्रहरी निरीक्षणालयमा, शेरबहादुर बस्नेत महानिरीक्षकको सचिवालयबाट महानगरिय विमानस्थल सुरक्षा प्रहरी कार्यालय गौचरमा पुगेका छन् ।