गुल्मी। गुल्मीको इस्मा गाउँपालिका २ छल्दीमा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। दुर्घटनामा इस्मा गाउँपालिका २ हस्तिचौरका १५ बर्षिय बिमल केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
लु १ ज ७३७० जीप तम्घासबाट पालुखा जाँदै गरेको थियो। दुर्घटनामा इस्मा गाउँपालिका २ हस्तिचौरका २९ बर्षिय चालक प्रेम कुँवर र २६ बर्षिया करिस्मा कुँवर गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरिक्षक रोशन खड्काले बताए।
गम्भिर घाइते दुवै जनाको जिल्ला अस्पताल तम्घासमा उपचारपछि लुम्बिनी मेडिकल कलेज पाल्पा पठाइएको छ। दुर्घटनामा १३ बर्षिय रोशन केशी, ६५ बर्षिय बेल कुमारी कुँवर, १४ बर्षिय रविन कुँवर, ५२ बर्षिय कमला केसी, ३३ बर्षिय कल्पना राना, ११ बर्षिय बिशाल थापा, १४ बर्षिया पवित्रा केसी, १२ बर्षिय अर्जुन केसी, १९ बर्षिया अनुष्का पन्थी, १२ बर्षिया कविता मुसिखा, ८ बर्षिया सुस्मा मुखिया, ५९ बर्षिया भुमकला पन्थी र ६ बर्षिया शिशिर कुँवर घाइते भएको प्रवक्ता खड्काले बताए ।
उनीहरु सवैको जिल्ला अस्पताल तम्घासमा उपचार भैरहेको छ। ओभरलोड र कच्ची उकालो सडकका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ।