arrow

काम लगाई दिने भन्दै बालिका भगाउने शर्मिला खत्री पक्राउ 

logo
रामचन्द्र रायमाझी,
प्रकाशित २०७५ कार्तिक ७ बुधबार
arrest-girl.jpg

पाल्पा। काम लगाई दिन्छु भनि बुटवलतर्फ बालिका लैजादै गरेको अवस्थामा एक युवती पक्राउ परेकी छन्। बुटवल उपमहानगरपालिका १३  देविनगर भाडामा बस्दै आएकी शर्मिला खत्री तानसेन ७ तिनटे आँपबाट पक्राउ परेकी हुन्।

दशैंमा मावली घर आएकी खत्रीले तानसेन ७ तीनटे आपका तीन जना बालिकालाई कम्पनीमा काम लगाईदिने भन्दै घरबाट भगाएकी थिइन्।

खत्रीले १६ वर्षकी ममता कुमाल, १५ वर्षकी सुस्मिता  कुमाल र १४ वर्षकी अनिषा चौधरीलाई कम्पनीमा काम लगाई दिने भनि लैजादै गर्दा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। खबर लगत्तै जिल्ला प्रहरी कार्यालय पाल्पाको टोलीले उनलाई पक्राउ गरेको प्रहरी निरिक्षक अमृत भण्डारीले जानकारी दिए।

ठगी गर्ने नियतले बालिकालाई काम लगाई दिने प्रलोभनमा घरमा जानकारी नगराई लैजान लागेको स्थानीयले बताएका छन्।

मावली घर आएका बेला ती बालिकाहरुसँग युवतीको चिनजान भएको स्थानीयले बताए। घरमा आर्थिक अवस्था कमजोर भएकाले जागिर लगाई दिन आग्रह गरे पछि आफुले बालिकाहरुलाई लैजान लागेको प्रहरीको प्रारिम्भक बयानमा ती युवतीले बताएकी छिन्। के का लागि र कहाँ जैलान लागेकी हुन भन्ने विषयमा अनुसन्धान भइरेहको प्रहरी निरिक्षक भण्डारीले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ