सशस्त्र प्रहरीका छ एसएसपीको बढुवा सिफारिस, को को परे ?
प्रकाशित २०७५ कार्तिक ८ बिहिबार
548
Shares
काठमाडौं । सशस्त्र प्रहरी बलका ६ वरिष्ठ प्रहरी उपरीक्षक एसएसपीहरु प्रहरी नायब महानिरीक्षक डिआइजीमा बढुवाका लागि सिफारिसमा परेका छन् । बढुवा सिफारिस हुनेमा एसएसपी प्रजाभक्त श्रेष्ठ, रामप्रसाद श्रेष्ठ, राजु अर्याल, नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतम र गोविन्द क्षेत्री छन् ।
गृहसचिव प्रेमकुमार राई अध्यक्षताको बढुवा सिफारिस समितिको मंगलबार बेलुका बसेको बैठकले उनीहरूको नाम सिफारिस गरेको हो । उनीहरूमध्ये प्रजाभक्त र रामप्रसाद अघिल्लो ब्याचका हुन् । राजु, नारायणदत्त, चन्द्रप्रकाश र गोविन्द एउटै ब्याचका हुन् ।
अहिलेकै सशस्त्र प्रहरी ऐन तथा नियमावलीको प्रावधानअनुसार सशस्त्रको अबको नेतृत्व यही ब्याचबाट चयन हुनेछ । सोही कारण बढुवा ९ महिनादेखि लम्बिएको थियो ।
कसलाई पहिलो नम्बरमा बढुवा गर्ने विवादले बढुवा रोकिएको थियो । अन्तमा वरिष्ठताकै आधारमा बढुवा सिफारिस भएको छ ।
उनीहरूमध्ये अर्याल र पौडेल एसएसपीमा पनि पहिलो र दोस्रो नम्बरमा थिए । क्षेत्री यसअघि तेस्रोमा रहेकामा यसपटक चौथो नम्बरमा परेका छन् । तेस्रो नम्बरमा चन्द्रप्रकाश गौतम छन् । बढुवा मापदण्डमा नपरेपछि एसएसपी सञ्जय राणाले राजीनामा दिएका छन् ।