चक्र बास्तोलाको १३ दिनको सम्झनामा कांग्रेस मुख्यालयमा कार्यक्रम
प्रकाशित २०७५ कार्तिक ८ बिहिबार
986
Shares
काठमाडौं । गत असोज २७ गते निधन भएका नेपाली कांग्रेसका नेता चक्रप्रसाद बास्तोलाको निधन भएको १३ औं दिनको सम्झनामा नेपाली काँग्रेसले श्रद्धाञ्जली कार्यक्रम गरेको छ ।
पार्टी मुख्यालय विपीनगर सानेपामा भएको कार्यक्रममा पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा शशांक कोइराला लगायत उपस्थित थिए ।
नेताहरुले बास्तोला निडर नेताका रुपमा सम्झना गरे ।
कार्यक्रममा नेताहरुले मौनधारण समेत गरेका थिए । नेता बास्तोलाको निधन भएपछि काँग्रेसले चियापान कार्यक्रमसमेत कार्तिक १६ गतेका लागि सारेको छ ।
लामो समयदेखि बिरामी रहेका नेता बास्तोलाको उनकै निवास खुमलटारमा मृत्यु भएको थियो ।