arrow

‘नेकपा’ ओली–प्रचण्डलाई कि कट्टेललाई भन्ने छिनोफानो भएन, मुस्किल भो आयोगलाई

logo
प्रकाशित २०७५ कार्तिक ८ बिहिबार
Election-Commission-hamrakura-3.jpg1.jpeg

काठमाडौं । निर्वाचन आयोगले नव गठित नेपाल कम्युनिस्ट पार्टी (ने क पा) र ऋषि कट्टेल नेतृत्वको नेकपाको नामबारेको विवादमा छिनाेफानाे गर्न सकेन । थप छलफल गर्न पर्ने भन्दै विहिबारको बैठक टुंगिएको छ । 

विहिबारको बैठकमा पार्टीको नाम पक्का गर्ने कानुनी व्यवस्थाबारे मात्रै छलफल भएको छ । निर्वाचन आयुक्त ईश्वरी पौडेलले अब शुक्रबार थप छलफल गरी नेकपाको नामबारे टुंगो लाग्ने जानकारी दिए । 

तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (ने क पा ) र कट्टेल नेतृत्वको नेकपाबीच बुधबार भएको छलफलमा दुबैले नाममा अडान छोड्नन् । र, सहमति भएन । निर्वाचन आयोगले आफै यो बारे निकास दिने भन्यो । 
नेकपा भनेर पार्टी दर्ता भइसकेकाले त्यही नाम दिएर अर्को पार्टी दर्ता गर्दा विवाद आउने र दर्ता गरेको खण्डमा त्यो विषय सर्वोच्च अदालतसम्म जाने भएकैले आयोगले पदाधिकारीबीचको छलफलबाट निकास निकाल्ने निधो गरेको हो । 

बुधबार नवगठित (ने क पा) र त्यसअघि दर्तामा रहेको ऋषि कट्टेल नेतृत्वको नेकपाका प्रतिनिधिसँग आयोगले नै छलफल गरेको थियो ।  पार्टीको नाम पक्का गर्नेबारे अन्तिम निर्णय गर्ने अधिकार आयोगलाई रहने कानूनी व्यवस्था छ । त्यही व्यवस्थालाई टेकेर भविष्यमा अदालतमा जवाफ दिन नपर्नेगरी आयोगले निर्णय गर्नु पर्ने आयुक्त पौडेलले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ