arrow

प्रहरीकाे एउटामात्रै आईजीपी हुन्छ, प्रदेश २ ले छुट्टै नियुक्त गर्ने भनेकाे छ ऐनमा : भट्टराई   

logo
प्रकाशित २०७५ कार्तिक ८ बिहिबार
tikaram.JPG

काठमाडौं । संविधान अध्येयता एवं अधिवक्ता टिकाराम भट्टराईले प्रदेश २ को सरकारले केन्द्र सरकारसँग देखि–देखि निहुँ खोजेको बताएका छन् । 

अधिवक्ता भट्टराईले भने, ‘प्रदेश २ को सरकारले जुन प्रहरी ऐन जारी गरेको छ । त्यो देखि–देखि केन्द्र सरकारसँग निहुँ खोजेको देखिन्छ । किन भने हामीले अनौपतारिक रुपमा त्यो ऐन हेर्‍यौँ । प्रहरी महानिरीक्षकसम्मको नियुक्ति, सरुवा, बढुवा प्रदेश सरकारले गर्ने गरी पारित गरिएको छ ।’

मुलुकमा एउटा मात्रै प्रहरी महानिरीक्षक हुन्छ, उनले अगाडि भने, ‘त्यो पनि संघीय कानून बमोजिम ।’ अब त प्रदेशमै प्रहरी महानिरीक्षक हुन्छ भनेर ऐन पास भएपछि आठ वटा प्रहरी महानिरीक्षक हुने भए । उनले भने, ‘यो त सिधै केन्द्रसँग टक्कर गर्न खोजेको देखिन्छ । केन्द्रसँग मनोमालिन्य गर्न खोजेको देखिन्छ ।’ 

उनले २ नम्बर प्रदेशको प्रदेशसभाले पारित गरेको प्रहरी ऐन प्रदेश प्रमुखले तत्काल प्रमाणीकरण नगरी फिर्ता पठाउनुपर्ने समेत बताए । उनले, ‘अहिले २ नम्बर प्रदेश र संघबीच देखिएको समस्याको समाधान गर्नको लागि प्रदेश प्रमुखले यो ऐन प्रमाणीकरण गर्नु हुँदैन । पुनःविचारको लागि फर्काउनुपर्छ ।’

तर, राष्ट्रिय जनाता पार्टी राजपाका नेताहरुले २ नम्बर प्रदेशले पारित गरेको प्रहरी ऐनमा विरोध गर्नुपर्ने कुनै कुरा छैन भनेका छन् । २ नम्बर प्रदेशले पारित गरेको प्रहरी ऐनमा संविधान विरोधी कुरा नभएको उनीहरुको दावी छ । राजपाका उपाध्यक्ष वृषेशचन्द्र लालले अहिलेपनि संघीय प्रहरी ऐन दराजभित्र बन्द गरेर राखिएको भन्दै आपत्ति जनाए । उनले केन्द्र सरकार संविधानबमोजिमको अभ्यासमा नभएको आरोप लगाए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ