सुकलालले आफ्नै श्रीमतीलाई घाँटीमा खुकुरी प्रहार गरी हत्या
रासस,
प्रकाशित २०७५ कार्तिक ८ बिहिबार
411
Shares
रोल्पा। पश्चिम रोल्पाको गङ्गादेव गाउँपालिका–५ पाखापानीमा एक व्यक्तिले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन्। त्रिचालिस वर्षीय सुकलाल सार्कीले श्रीमती ३९ वर्षीया देवीसरा सार्कीको हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
बुधबार साँझ सुत्ने बेलामा विवाद भएपछि घाँटीमा खुकुरी प्रहार गर्दा श्रीमतीको घटनास्थलमै मृत्यु भएको थियो। सन्की स्वभावका देखिने सार्कीको तीन छोरा र चार छोरी छन्। मृतकको शवपरीक्षणका लागि जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको र अभियुक्त सार्कीलाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय जनाएको बताएको छ।