arrow

कांग्रेस नेता बास्तोलाको सम्झानामा श्रद्धान्जली सभा

logo
प्रकाशित २०७५ कार्तिक ९ शुक्रबार
bastola.jpg

बागलुङ। नेपाली कांग्रेसका नेता चक्रप्रसाद बास्तोलाको १३ औ दिनको पुण्य तिथिमा काँग्रेस बागलुङले श्रद्धान्जली सभा कार्यक्रम सम्पन्न गरेको छ। मस्तिष्क घातका कारण थलिएका नेता बास्तोलाको गत असोज २७ गते शनिबार ललितपुरको खुमलटारस्थित आफ्नै निवासमा निधन भएको थियो।

नेता बास्तोला कांग्रेस भित्रका एक निष्ठावान र कर्तव्यनिष्ठ नेताको रुपमा परिचित थिए। कार्यक्रममा नेता बास्तोलाको जिवनीको  प्रष्ट पार्दै  काँग्रेस बागलुङका नेता तथा पुर्व उपसभापति जगदिशचन्द्र उपाध्यायले उनको निधनले कांग्रेसमा ठुलो क्षती भएको बताएका छन।

उनले नेता बास्तोलालाई  राष्ट्रप्रति समर्पित नेताको रुपमा चित्रण गरेका थिए तत्कालीन सशस्त्र विद्रोही माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन स्वर्गीय नेता बास्तोलाले भारतमा बसेर पुर्‍याएको योगदानको स्मरण गर्दै उपाध्याले बास्कोटालाई राष्ट्रप्रति समर्पित नेता भएको बताएका हुन्। नेता बास्तोला २०३० सालको जहाज अपरहण काण्डमा विपि कोईरालाको विश्वास पात्रको रुपमा रहेका थिए। 

त्यसै गरी कार्यक्रममा काँग्रेस बागलुङका निवर्तमान पार्टि सभापति एवं पुर्व सांसद प्रकाश शर्मा पौडेलले  नेता बास्तोला २०४६ सालको जनआन्दोलनपछि बनेको गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारलाई परराष्ट्र नीति निर्माणमा महत्वपूर्ण योगदान दिने नेताको रुपमा पनि परिचित भएको बताएका छन।

अदुभूत क्षमताका भएका नेताको रुपमा काँग्रेसले सधैं उनलाई स्मरण  गर्ने बताएका छन। काँग्रेसका पुर्व केन्द्रिय सदस्य रहेका नेता बास्तोला परराष्ट्रमन्त्री र भारतका लागि नेपाली राजदूतको भूमिका पनि कुशलताका साथ निर्वाह गरेका थिए।

कार्यक्रममा जिल्लाका नेता, कार्यकर्ता भातृ एवं सुवेक्षुक संस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो। काँग्रेस बागलुङका सभापति दिपेन्द्र बहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रम जिल्ला सदस्य सिताराम रसाईलील संचालन गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ