arrow

नगर उप प्रमुखको घर प्रहरीद्धारा घेराउ 

logo
प्रकाशित २०७५ कार्तिक ९ शुक्रबार
bajura-district.png

बाजुरा। बडीमालिका नगरपालिकाका नगर उप-प्रमुख कविता विष्टको घर एकाएक प्रहरी प्रशासनले घेराउ गरेको छ। बाजुरामा बिहीबार मात्र जिल्लाकामा आएका प्रहरी नायव उपरिक्षक उद्धवसिंह भाटको निर्देशनमा विना कारण घर घेराउ गरेको घर मालिक विपिन विष्टले बताएका छन्। 

घरलाई निगरानी राख्ने अपराधी लुकाउने भन्दै प्रहरी समेतले धम्काएकाले आफु सहित परिवार असुरक्षित भएको विष्टले बताए। नेपाल शिक्षक संघ बाजुराका सचिव रहेका विष्टको घर घेर्दै विना कारण तनाव दिएको प्रति नेपाल शिक्षक संघ बाजुराले आपत्ती जनाएको छ। 

बडीमालिका नगरपालिका ८का वडा अध्यक्ष माथि लगाइएको विना कारणको मुद्धालाई लिएर उप प्रमुखको घरमा तालाबन्दी गरी राखेको विना जानकारी अनुसार घर घेराउ गरेकोप्रति नेपाली कांग्रेस बाजुराले आपत्ती जनाएको छ। 

घरमा बालबालिका र अन्य आफन्त भेटघाटमा आएका देखेर आशंका गर्दै प्रहरीले घर घेराउ गर्नु गैर कानुनी कार्यको नेपाली कांग्रेसबाट निर्वाचित बडीमालिका नगरपालिका उप प्रमुख कविता विष्टले बताइन्। जिल्लामा भएका दशैंकाबीचमा भएका चोरी र जुवातास खेल्ने कार्यमा मौन रहेको प्रहरी प्रमुख भाटले कुनै राजनितिक दलको दवावमा घर घेराउ गरेको प्रत्यक्षदर्शीको भनाई रहेको छ। 

गएको असोज २० गते बडीमालिका नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत त्रिलोक चन्दलाई अज्ञात समुहले कुटपिट गरेको थियो। अज्ञात समृहले बडीमालिकाका नगरपालिका ८ का वडा अध्यक्षको नाम लिएकै आधारमा ज्यान मार्ने सम्बन्धीको अध्यक्ष प्रकाश रावलको नाममा मुद्धा दायर गरिएको छ। 

यता जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक उद्धवसिं भाटले अदालतबाट अध्यक्ष रावलको नाममा जिल्ला अदालत बाजुराले पक्राउ पुर्जी जारी गरेकाले कुनै सुराकीका आधारमा खोजी गर्दा उपप्रमुख विष्टको घरमा संयोगले पर्न गएको स्वीकार गरेका छन्। 

डेढ वर्ष पहिले भएको स्थानीय तहको निर्वाचनमा जिल्ला अदालत बाजुरामा तत्कालिन नेकपा एमालेका केन्द्रीय सदस्य लाल बहादुर थापाले समेत प्रहरी कुट्दा प्रहरी नै मुकदर्शक बनेको थियो। सुरक्षामा खटिएका प्रहरीलाई लछार्दै कुटपिट गर्दा पनि प्रहरी प्रमुख दल बहादुर बोगटी मौन रहेका थिए।

पछिल्लो समयमा जिल्लामा कुनै राजनितिक दलको निर्देशनमा स्थानीयहरुलाई त्रासमा पार्न र आफ्नो पन्जामा पार्नका लागि नेकपाका नेताहरुले झुटा मुद्धा दायर गर्दै प्रहरीले सोही आधारमा अदालतमा पेश गर्दै अदालतले दोषीलाई पक्राउ गर्न पुर्जी गर्दै सर्वसाधारणको घरमा अनुमति विना नै घर घेराउ गर्दै खोजतलास गर्न थालेपछि जिल्लाका स्थानियहरु त्रसित बनेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ