arrow

सत्तारुढ दल नेकपालाई निर्वाचन आयोगद्वारा आधिकारिता

logo
रासस,
प्रकाशित २०७५ कार्तिक ९ शुक्रबार
Election-Commission-hamrakura-3.jpg.jpeg

काठमाडौं। निर्वाचन आयोगले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई आधिकारिता प्रदान गरेको छ। आयोगको आज बसेको इजलाशबाट नामसम्बन्धी विवादको फैसला गर्दै सो निर्णय गरेको हो।

‘राजनीतिक दलसम्बन्धी ऐन, २०७३’ को दफा ४ को उपदफा २ ले ऐन प्रारम्भ हुँदाका बखत प्रचलित कानूनअनुसार आयोगमा दर्ता रहेका दल दर्ता हुन पर्ने छैन र त्यस्ता दल सोही ऐनबमोजिम दर्ता भएको मानिने कानूनी प्रावधान रहेको उल्लेख गर्दै कानूनबमोजिम दर्ता भएका दलको पुनः दर्ता हुनुनपर्ने आयोगले स्पष्ट पारेको छ।

आयोगमा दर्ता भएको मूल नाम नेपाल कम्युनिष्ट पार्टी मूल नाम भई अन्य पहिचान खुलाएका सात वटै दल कानूनअनुसार नै रहेको आयोगको ठहर छ। आयोगका अनुसार तत्कालीन नेपाल कम्युनिष्ट पार्टी(एमाले) र नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) नामक दल नयाँ दर्ता भएको दल नभएको र ऐनअनुसार कानूनबमोजिम एकीकरण भएका हुन्।

आयोगले पूर्ववत् एमाले र माओवादी केन्द्रले एकीकरण गरी गत जेठ २३ गते नै जानकारी गराएको समेत उल्लेख छ। ‘राजनीतिक दलसम्बन्धी ऐन, २०७३’ को दफा १० बमोजिम कानूनसम्मत् नै रहेको तथा नेपाल कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टी(नेकपा) अलगअलग नामका दल भएको जनाएको छ।

आयोगले ऋषि कट्टेलका तर्फबाट दर्ता भएको आवेदन खारेज गरेको छ। कट्टेलले आफ्नो पार्टीको नामसँग मिल्दो नाम राखेको भन्दै आयोगमा आवेदन दिएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ