arrow

३६ वर्षीय गणेशलाई गोली हानेर हत्या

logo
रासस,
प्रकाशित २०७५ कार्तिक १० शनिबार
goli-thokeko.jpeg

नवलपरासी। पश्चिम नवलपरासीमा गणेश मल्लाह (सहानी) को हत्या गोली हानेर भएको पुष्टि भएको छ। मल्लाहको मृत्यु सामान्य धारिलो हतियारबाट नभई टाउकोमा गोली लागी भएको शव परीक्षण प्रतिवेदनमा देखाइएको प्रहरीले जनाएको छ।

पश्चिम नवलपरासी प्रतापपुर गाउँपालिका–४ बर्दघाट पुल नजिकको बगैँचामा गत सोमबार राति पाल्हीनन्दन गाउँपालिका–१ सुनरीका ३६ वर्षीय मल्लाहको हत्या भएको थियो। टाउकोमा घरेलु हतियार प्रयोग गरी हत्या गरिएको अनुमान गरिएकोमा त्यसको विपरित गोली लागेर मल्लाहको मृत्यु भएको खुल्न आएको प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए।

सटगनको प्रयोग गरी मल्लाहको टाउकोमा एक राउण्ड गोली प्रहार गरिएको र त्यसैबाट उनको मुत्यु भएको खुल्न आएको उनले जानकारी दिए।

हत्यामा संलग्न भएको आरोपमा यसअगावै पश्चिम नवलपरासी पाल्हीनन्दन गाउँपालिकाका नर्मदेश्वर चौहान, दीनबन्धु भन्ने ओमकार पाण्डे र जनक गुरुङलाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालिसकिएको पनि प्रहरी उपरीक्षक भट्टले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ