arrow

फाल्गुनन्दको जयन्तीको दिन प्रधानमन्त्री ओलीद्वारा शालिक अनावरण 

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७५ कार्तिक १० शनिबार
panthar.jpg

पाँचथर। राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ फाल्गुनन्द लिङदेनको १ सय ३४ औ जन्म जयन्ती पाँचथरमा भब्यताका साथ मनाइने भएको छ। जन्म जयन्ती मूल समारोह समितीले आगामी कार्तिक २३ गतेदेखि २५ गते सम्म विविध कार्यक्रम गरी मनाइने आयोजक मूल समारोह समितीले आज बिहान सरदमुकाम फिदिममा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको हो। उक्त कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली आउने भएका छन्।

प्रधानमन्त्री ओलीले कार्तिक २५ गते बिहान सुम्हात्लुङ गढी स्थित मेची इङलिस बोडिङ स्कूल परिसरमा अवस्थित किरात माङहिम उद्घाटन र महागुरु फाल्गुनन्दको सालिक अनावरण,गुरु गुरुआमाज्यूहरु बाट चरु हवन तथा नगर परिक्रमा गर्ने कार्यक्रम तय भएको छ।

त्यसैगरी कार्तिक २५ गते दिउँसो फिदिमको शनिबारे बजारमा रहेको महागुरु फाल्गुनन्दको शालिक प्रधानमन्त्री ओलीले अनावरण गर्ने कार्यक्रम तय भएको मूल आयोजक समितीका अध्यक्ष डकेन्द्रसिङ थेगिमले बताए।

यस कार्यक्रमलाई सफल पार्न जिल्लाका विभिन्न १५ वटा संघ संस्थाहरुले सहयोग गरेका छन्। यस कार्यक्रमको मुख्य प्रर्वद्धक फिदिम नगरपालिका रहेको र अन्य विभिन्न देश विदेशमा रहेका संघ संस्था तथा भक्तजनहरु बाट सहयोग मागेर कार्यक्रम सफल पार्ने मूल आयोजक समारोह समितीका सचिव सुवास तुम्बापोले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ