पैदलयात्रीलाई ठक्कर दिएर बोलेरो फरार, घाइते यात्रीको बाटोमै मृत्यु
प्रकाशित २०७५ कार्तिक १० शनिबार
281
Shares
चितवन। नारायणगढ–मुग्लिन सडक खण्डस्थित गाईघाटमा गए राति बोलेरोको ठक्करबाट एक जनाको मृत्यु भएको छ। भरतपुर महानगरपालिका–२९ मा बोलेरोले पैदलयात्रीलाई ठक्कर दिदाँ उनको मृत्यु भएको हो। उपचारका क्रममा अस्पतालतर्फ ल्याउँदै गर्दा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
मृतक अन्दाजी ४० वर्षका भएको र उनको सनाखत हुननसकेको प्रहरीले जनाएको छ। कुखुरा बोक्ने सोतो रङ्गको बोलेरोले पैदलयात्रीलाई ठक्कर दिएको थियो। ठक्कर दिने बोलेरो र चालक फरार रहेकाले उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।