काभ्रेमा सवारी दुर्घटना, डिआइजीसँगै पत्रकारको मृत्यु
मजदुर नेता पनि रहेनन्
प्रकाशित २०७५ कार्तिक १० शनिबार
459
Shares
बनेपा । सवारी दुर्घटनामा परी काभ्रेपलाञ्चोकमा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा नेपाल प्रहरीका बहालवाला डिआइजी शुशील भण्डारीको मृत्यु भएको छ । काभ्रे प्रहरीका एसपी रविराज खड्काका अनुसार डिआइजी भण्डारीको धुलिखेल अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
बा ३ प २८७ नम्बरको नीजि गाडीमा ६ जना सवार थिए । डिआइजीसहित मन्डन देउपुर नगरपालिका–४ का पत्रकार जीवन पराजुली र नमोबुद्ध नगरपालिका १० का विनोद कार्कीको पनि दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ । पराजुली रेडियो गौरवमा कार्यरत थिए भने कार्की ट्रेड युनियन कांग्रेसका प्रदेश ३ संयोजक हुन् । गाडीमा सवार तीन जनाको धुलिखेल अस्पतलामा उपचार भइरहेको छ ।