arrow

विवेकशिल साझाको गण्डकी कमाण्ड महेश भण्डारीलाई

logo
प्रकाशित २०७५ कार्तिक १० शनिबार
mahesh-bhandari.jpg

पोखरा। विवेकशील साझा पार्टीले गण्डकी प्रदेशको संयोजकमा युवा व्यवसायी तथा संचारकर्मी महेश भण्डारीलाई चयन गरेको छ। 

शनिबार पोखराको उद्योग वाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रमका बीच भण्डारीलाई पार्टीले गण्डकी संयोजक नियुक्त भएको घोषणा गरेको हो। कार्यक्रममा पार्टीका संयोजकद्वय रविन्द्र मिश्र र उज्जवल थापाले माटोको टिका लगाएर भण्डारीलाई पार्टीको गण्डकी प्रदेश संयोजक घोषणा गरेका थिए । 

महेश भण्डारी बिग एफएमका संचालक हुन् । उनी संचारकर्मी हुनुका साथै राष्ट्रिय तथा क्षेत्रीय दैनिकहरुमा राजनीतिक, सामाजिक र शैक्षिक विषयहरुमा विश्लेषणहरु लेख्ने गर्दछन् । 

महेश भण्डारीजस्तो इमान्दार, दृढ, स्पष्ट र समाज रुपान्तरणको प्रतिबद्धताले पूर्ण युवा गण्डकी जस्तो महत्वपूर्ण प्रदेशको नेतृत्वमा पाउनु विवेकशील साझा पार्टीको लागि गर्वको विषय भएको संयोजकद्वय रविन्द्र मिश्र र उज्जवल थापाले बताए । 

पार्टीले सुदुरपश्चिम, कर्णाली, प्रदेश नम्बर ५ र प्रदेश नम्बर ३ का संयोजकहरुको घोषणा गरिसकेको छ।

छिट्टै प्रदेश नम्बर १ र २ मा पनि यस्तै कार्यक्रमहरुको आयोजना हुने पार्टीका प्रवक्ता सूर्यराज आचार्यले जानकारी दिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ