arrow

पारिवारिक झगडामा आमाले खुवाइन् विष, छोराको मृत्यु

logo
नविन कुमार शर्मा,
प्रकाशित २०७५ कार्तिक ११ आइतबार
Suicide-Drinking-Poison.jpg

दैलेख । दैलेखको महावु गाउँपालिका वडा नम्वर १ खरिगैरामा आमाले आफ्ना दुई छोरालाई विष खुवाएपछि एक छोराको मृत्यु भएको छ ।

२४ वर्षिय कल्पना नेपालीले आफ्ना दुई छोरा ७ वर्षे आयुष नेपाली र ६ महिनाको छोरा अंकित नेपालीलाई विष खुवाएर आफुले पनि विष खाएपछि ७ वर्षे छोरा आयुष नेपालीको मृत्यु भएको हो ।

साथै ६ महिने छोरा र उनलाई उपचारका लागि जिल्ला अस्पताल दैलेखमा ल्याएपनि उपचार हुन नसकेपछि सुर्खेत रिफर गरिएको छ । उनीहरुको देउती नर्सिङ होम सुर्खेतमा उपचार भइरहेको जिल्ला अस्पताल दैलेखले जानकारी  दिएको छ ।

पारिवारिक झगडाका कारण विष सेवन गरिएको बताइएको छ । यद्यपि आमा कल्पना नेपाली अचेत अवस्थामा रहेकोले कारण खुल्न सकेको छैन ।

६ महिने छोरा अंकितको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ