arrow

विसन्चोबीच ओलीले राखे मन्त्रिपरिषद बैठक, राष्ट्रपतिको कतार भ्रमण स्वीकृत

गोरखापत्र संस्थानका महाप्रबन्धकको जागीर चैट

logo
प्रकाशित २०७५ कार्तिक ११ आइतबार
cabinet1.jpg

काठमाडौं। आइतबार अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रपति विद्यादेवि भण्डारीको कतार भ्रमण स्वीकृत गरेको छ ।

प्रधानमन्त्रीलाई विसन्चो भएपछि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रपति भण्डारीको ४ दिने कतार भ्रमण स्वीकृत गरेको हो । राष्ट्रपति भण्डारी ४ दिने औपचारिक भ्रमणका लागि सोमवार कतार जाँदैछिन् ।

त्यसैगरी बैठकले गोरखापत्र संस्थानका महाप्रबन्धक बसन्तप्रकाश उपाध्यायलाई पदमुक्त गर्ने निर्णय गरेको सञ्चारमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।

उनका अनुसार बैठकले मलेसियासँग रोजगार सम्झौता गर्न श्रममन्त्री गोकर्ण विष्टलाई अख्तियारी दिने निर्णय समेत गरेको छ ।

त्यस्तै कृषि तथा पशुपंक्षी विकास सम्बन्धी, स्वास्थ्य सम्बन्धी, सुरक्षा सहयोगसम्बन्धी, प्रेस तथा सूचनासम्बन्धी र कुटनीतिक राहदानी बाहकलाई प्रवेशाज्ञा छुट दिने समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ