arrow

दोस्रो प्रयासमा राष्ट्रपति भण्डारी कतार जाँदै, यस्ता छन् एजेन्डा

logo
प्रकाशित २०७५ कार्तिक १२ सोमबार
vidya-devi-bhandari-president-nepal.jpg

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको चार दिने औपचारिक कतार भ्रमण सोमबारदेखि सुरु हुँदैछ । राष्ट्रपति भण्डारीको साथमा सरकारी टोली र व्यापारीको पनि सहभागिता रहने राष्ट्रपति कार्यालयले जनाएको छ । 

सरकारी टोलीमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव शंकरदास वैरागीलगायत रहने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भ्रमणका क्रममा कृषि तथा पशु पक्षी विकास, स्वास्थ्य, सुरक्षा सहयोग, प्रेस तथा सूचना, कूटनीतिक राहदानी वाहकहरूलाई दुवै देशले छुट दिने समझदारी पत्रमा हस्ताक्षर हुनेछ । 

राष्ट्रपति भण्डारीले अघिल्लो कार्यकालमै कतार भ्रमणको तयारी गरेकी थिइन् । तर सफल हुन सकेको थिएन । राष्ट्रपति भण्डारीको कतार भ्रमणलाई आइतबार बसेको मन्त्रिपरिषद् बैठकले मात्रै स्वीकृत गरेको थियो ।

उनी पहिलो पटक जान खोज्दा साउदी अरबसहित केही मुलुकले नाकाबन्दीका गरेका कारण यात्रा असफल भएको थियो । 

राष्ट्रपति भण्डारीले पहिलो कार्यकालमा भारत, यूएई, श्रीलंका, थाइल्यान्ड र स्विटजरल्यान्डको भ्रमण गरेकी थिइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ