arrow

को को चिकित्सकले हेर्दैछन् प्रधानमन्त्री ओलीलाई ?

logo
प्रकाशित २०७५ कार्तिक १२ सोमबार
pm-oli-1.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको गम्भीर अवस्थामा त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियो सेन्टरको आइसीयुमा उपचार भइरहेको छ । 

उनलाई कलेजो विशेषज्ञ एवं निजी चिकित्सक दिलिप शर्मा, छातीरोग विशेषज्ञ सन्तकुमार दास, मुटु रोग विशेषज्ञ अरुण सायमी, एनेस्थेसिया विशेषज्ञ सुवास आचार्य, मृगौला रोग विशेषज्ञ एवं निजी चिकित्सक दिब्य सिंह शाह र नाक कान घाँटी विशेषज्ञ प्रकाश काफ्लेले उपचार गरिरहेका छन् । 


स्वास्थ्यमा सुधार नभएपछि उनी सोमबार बिहानै महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका हुन् । 

एक्कासी छातीमा समस्या देखिएपछि उनलाई अस्पताल लगिएको हो । 

अस्पतालका डा अरुण सायमीले १० बजेसम्ममा ओलीको स्वास्थ्यबारे जानकारी गराउने बताएका छन् । 

अहिले अस्पतालका चिकित्सकहरुको बोर्ड बैठक बसिरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ