गौरादह, झापा । झापा जिल्लाको ग्रामीण बजार मध्येकै एक पुरानो बजार गौरादह व्यवस्थित हुँदै गएको छ । नगरपालिकाको वडा न १ मा पर्ने उक्त बजार व्यवस्थित गरिने क्रममा बजार भित्रका अस्थाई टहरा र बोट बिरुवा हटाइ व्यवस्थित बजार बनाउने कार्य निर्माणाघिन अवस्थामा छ ।
बजारलाई व्यवस्थित गर्न नगरपालिकाले दुई चरणमा बिनियोजन गरि निकासा गरेको ३० लाख रकमबाट बजारक्षेत्रमा भएका अस्थाइ रुख बिरुवा हटाउने, बजारलाइ सम्याउने र ९ वटा स्थाई टहरा बनाइ बेस र पिलर राख्ने कार्य सम्पन्न गरि सकिएको छ ।
साथै बजारलाई सुव्यवस्थित गर्न बिस्तृत परियोजना प्रतिबेदन ( डि. पि. आर ) तयार गरि प्रदेश सरकार समक्ष पेस गरिएको र प्रदेश सरकारले उक्त बजारलाई व्यवस्थित गर्नका लागि चालू आ.ब. मा १ करोड रकम बिनियोजन गरि सकेको छ ।
परियोजना अन्तर्गत बजारको मध्यभागमा जिर्ण अवस्थामा रहेको हनुमान मन्दिरलाइ बजार परिसरमै रहेको दुर्गामन्दिरमा गाभ्ने, बजारको मध्यभागमा ब्लक लगाउने ,आकर्षक पुष्प बाटिका , बाहिरी भागमा बोट बिरुवा लगाउने योजना छ ।
साथै बजारको बाहिरी वरिपरि फुटपाथ निर्माण ,अन्डरग्राउ ड्रेन निर्माण , बजार दक्षिण भागका स्टेज निर्माण गरिनुका साथै घण्टाघर स्थापना , साथै बजार वरिपरि सोलार बत्ति र सिसि टिभी क्यामेरा राखिने परियोजनाको लक्ष्य रहेको छ ।
प्रदेश सरकारले बिनियोजन गरेको १ करोड रकम निकासा गर्न सरोकार वालालाइ सम्झौता गर्न बोलाइएको र उक्त कार्य सम्पन गरि चाडै नै निर्माणका कार्य थालनि गरिने बजार ब्यबस्थापन समितीमा अध्यक्ष खड्ग थापाले जानकारी दिएका छ्न ।
कुल २ करोड ६७ लाख लागतमा सम्पन्न गर्ने लक्ष्य राखिएको यस परियोजनाले गौरादह बजार लाई आकर्षक र नमुना बजारको रुपमा रुपान्तरण गर्दै नगरको बजार क्षेत्रलाइ सुव्यवस्थित गराउन गत साल फागुन ३० गते वडाको बैठकद्वारा खड्ग थापाको अध्यक्षतामा बजार ब्यबस्थापन समिती गठन भएदेखि समितिले निरन्तर रुपमा निर्माण कार्य सुचारु गर्ने देखि लिएर प्रदेश सरकारसँग बजार व्यवस्थित गर्न पहल अघि बढाइएको हो ।
बजारलाई व्यवस्थित बनाउन छुट्टै पशु बधशाला निर्माण गरिने , साथै वडा न २ मा रहेको श्री अ्मर आधारभुत बिध्यालयको जग्गा लिजमा लिएर कृषि थोक बजार निर्माणकार्य पनि सुचारु रहेको छ ।
भबिष्यमा डिपु चोक देखि बजार सम्मको स्थानलाई स्मार्ट बजार बनाइने र रात्री कालिन समयमा पनि बजार खुल्ला हुने ब्यबस्था गराउने योजना रहेको वडा अध्यक्ष नगेन्द्र भन्डारीले बताए ।