काठमाडौं। महानगरीय अपराध अनुसन्धान महाशाखाले तिहार र छठ पर्वलाई लक्षित गरी राजधानी भित्राइएको ७० लाख बराबरको ७ क्वीन्टल बिस्फोटक पदार्थ (पटाका) नियन्त्रणमा लिएको छ। महाशाखाले आइतबार दिउसो काठमाडौं महानगरपालिका २७ महाबौद्धबाट सो परिमाणमा बिस्फोटक पदार्थ (पटाका) नियन्त्रणमा लिएको हो। महाशाखाका प्रमुख धिरजप्रताप सिंहले तिहारलाई लक्षित गरेर भित्राइएको बिस्फोटक पदार्थ (पटाका) नियन्त्रणमा लिइएको जनाए।
बिस्फोटक पदार्थसँगै सर्लाहीका अशोककुमार शाह र नन्दलाल शाह पक्राउ परेका छन। उनीहरुले महाबौद्धमा गिफ्ट पसल संचालन गर्दै आएका थिए भने सोही गिफ्ट पसलमा पटाका लुकाइ छिपाइ राखेका थिए।
महाशाखाले फरार अपराधिको खोजतलास तथा साना हतियारको खोजी, लुटपाट एवम चोरी तथा कालाबजारी नियन्त्रण गर्ने विषेश अभियानको क्रममा सुचना पाएपछि सो परिमाणमा बिस्फोटक पदार्थ नियन्त्रणमा लिएको जनाएको हो।
सो क्रममा गमला चक्र, झिरझिरे, रकेट, रोल क्याप, क्लासिक डिलक्स, माल्टा र सेभेन स्टार नामका बिस्फोटक पदार्थ नियन्त्रणमा लिइएको महाशाखाले जनाएको छ। सो परिणामका बिस्फोटक पदार्थसँगै सर्लाहीका अशोककुमार शाह र नन्दलाल शाह पक्राउ परेका छन। उनीहरुले महाबौद्धमा गिफ्ट पसल संचालन गर्दै आएका थिए भने सोही गिफ्ट पसलमा पटाका लुकाइ छिपाइ राखेका थिए।
शनिबार मात्रै प्रहरीले काठमाडौं महानगरपालिका ३२ कोटेश्वर चोकबाट नागिन पटका १० बण्डल, झिलझिले, आकाशवाणी र आलु बम पटका १ बोरा र रजनी गन्ध १ बोरा नियन्त्रणमा लिएको थियो। प्रहरीले सो सामान सहित महोत्तरी गौशाला नगरपालिका २ बस्ने ४० वर्षीय सुरेन्द्र चौधरी र सोही ठाउँ बस्ने ३४ वर्षीय शम्भु सिंहलाई शनिबार पक्राउ गरेको थियो।