कपिलबस्तु । कपिलवस्तुमा आफ्नै श्रीमानले बन्चरो प्रहरी गरी हत्या गरेका छन् । शिवराज नगरपालिका १ बन्कसबासका ४० बर्षीय बसन्त परियारले श्रीमतिलाई हत्या गरेका हुन् । हत्या गरेको आरोपमा प्रहरीले निजलाई प्रक्राउ गरेको छ ।
परियारलाई विजयनगर गाँउपालिका १ मन्नगरमा लुकि छीपि रहेको अवस्थामा प्रहरीले प्रकाउ गरेको छ । उनले आइतबार ११ बजे राति श्रीमतीलाई बन्चरो प्रहार गरी हत्या गरेका थिए ।
परियारले मादकपदार्थ सेवनगरी श्रीमतीसंग झगडा गर्दै आएका थिए । परियारका २ छोरा र १ छोरी छन । प्रहरीले परियारलाई १२ घण्टा भित्रै पक्राउ गरी हिरासतमा रखेको प्रहरी नायब उपरिक्षक रावि रावलले जानकारी दिए ।