arrow

लागुऔषध ईन्जेक्सनसहित लामा र बुढाथोकी पक्राउ

logo
प्रकाशित २०७५ कार्तिक १३ मंगलबार
lama-budhathoki.jpg

काठमाडौं । लागु औषध नियन्त्रण व्यूरो शाखा कार्यालय बीरगंजले लागुऔषध ईन्जेक्सन सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रे भुकण्डेबेशीका २६ बर्षीय बुद्द लामा र पाँचथर फिदिमका २८ बर्षीय कुमार बुढाथोकी रहेका छन् ।
 
उनिहरुको साथबाट लागु औषध ईन्जेक्सन डाईजेल्याव १०० पिस, फेनारगन १०० पिस र नुर्फिन १०० पिस फेला परेको हो । प्रहरीले  बीरगंज १६ स्थित रजतजयन्ती चोक सडकमा विभिन्न सवारी साधन तथा पैदल यात्री समेतको चेकजाँच गर्ने क्रममा भारत रक्सौल तर्फबाट बीरगंज तर्फ पैदल हिड्दै आएका लामा र बुढाथोकीलाई चेकजाच गरेको थियो ।

उनिहरुको लागु औषध शिर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ