arrow

मगर गोही फेला

logo
प्रकाशित २०७५ कार्तिक १३ मंगलबार
croc3.jpg.jpeg

गाईघाट । उदयपुरको बेलका नगपालिका–३ स्थित मूर्ति खोलामा मंगलबार अपराह्न स्थानीय युवाले माछा मार्ने क्रममा मगर गोही भेटाएका छन् ।
 
करीब पाँच फिट लम्बाइ र ६० सेन्टिमिटरभन्दा बढी चौडाइको गोही मूर्ति खोलामा फेला परेको स्थानीयवासीलाई उद्धृत गर्दै डिभिजन वन कार्यालय उदयपुरका प्रमुख विष्णुप्रसाद आचार्यले जानकारी दिए। सामान्य घाइते उक्त गोहीलाई वन कार्यालयका कर्मचारीले उपचारका लागि कोशी टप्पु वन्यजन्तु आरक्षण केन्द्रमा बुझाएका छन् ।

सप्तकोशीबाट साना बच्चा हुँदा बर्खायाममा नै मूर्तिखोलामा प्रवेश गरेर उक्तगोही हुर्केको हुन सक्ने बताइएको छ । बेलका क्षेत्रमा १५ फिटसम्म लम्बाइ भएका अजिङ्गर, सालकलगायत मगरगोहीजस्ता दुर्लभ जन्तु वृद्धि भएर फैलँदै जान थालेको वन कार्यालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ