arrow

भक्तपुरमा १३ वर्षीया बालिका करणी गर्ने दुई वृद्ध पक्राउ

logo
प्रकाशित २०७५ कार्तिक १३ मंगलबार
bhaktapur_district_map.png

भक्तपुर । यहाँ मंगलबार १३ वर्षीयालाई सामूहिक बलात्कार गरेको अभियोगमा प्रहरीले दुई वृद्धलाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिषर भक्तपुरले चाँगुनारायण नगरपालिका– ४ सङ्गमटोल बस्ने ७० वर्षीय श्यामबहादुर मिजार र घटेरो सार्कीलाई पक्राउ गरेको छ ।

पीडित बालिकालार्ई यही कात्तिक ३ गते सामूहिक बलात्कार गरेको भन्दै पीडित पक्षले यही कात्तिक ११ गते उजूरी दिएपछि प्रहरीले पक्राउ गरी कारवाही अगाडि बढाएको प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिए।

 पीडित बालिकाको स्वास्थ परीक्षण गरिएको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ