बुटवल । विपी विचार राष्ट्रिय समाज रुपन्देहीको पदस्थापना कार्यक्रम सम्पन्न भएको छ । सपथ ग्रहण कार्यक्रमका निर्वाचन अधिकृत नेपाली कांग्रेसका क्षेत्रीय सभापति हरी लम्सालले अध्यक्ष शरद भट्टराईलाई गोपनियताको सपथ ग्रहण गराएका थिए भने पदाधीकारी तथा कार्यसमीती सदस्यहरुलाई अध्यक्षले सपथ ग्रहण गराएका थिए ।
उक्त समाजमा संरक्षकमा नेपाली कांग्रेसका मुख्य सचेतक बालकृष्ण खांण र लेखा समिति सभापति भरत शाह रहेका छन् ।
समाजको प्रेस सल्लाहकारमा विक्रम खड्का रहेका छन् । त्यस्तै कार्यसमितिमा अध्यक्ष शरद भट्टराई, उपसभापतिमा शारदा गौतम ,सचिवमा कृष्ण प्रसाद पोखरेल ,सहसचिव गणेश चन्द्र पोखरेल अर्का सहसचिव नेत्र प्रसाद भट्टराई, कोषाध्यक्षमा रामकृष्ण पौडेल ,सदस्यहरुमा वासु रिमाल ,सहिद मुसलवान ,नारायण न्यौपाने, गुरु पराजुली, भाग्य बहादुर काउछा, अखिलेश्वर शुक्ला, दिपा अर्याल, टिकाबहादुर श्रेष्ठ ,चन्द्रमान चौधरी, बाला घिमिरे, जमुना सापकोटा , उमानाथ पौडेल, अमृत पाण्डेय, सवर मियां, राजु रोका, चित्र तुलाचन र चिरञ्जिवी ढकाल रहेका छन् ।
कार्यक्रममा प्रदेश सदस्यका उम्मेदवारहरु हरी न्यौपाने र विष्णु पोखरेलले कार्यसमीतीलाई सफलताको शुभकामना दिएका थिए । पदस्थापना पश्चात समाजको पहिलो बैठक पनि बसेको छ ।
बैठकले अधिवेशन सम्पन्न गर्न सहयोग गर्ने सवैलाई धन्यवाद दिने निर्णय गरेको छ । त्यस्तै कन्चन गांउपालिकाको गजेडीमा मंसिरको दोश्रो हप्ता स्वास्थ्य शिवीर सन्चालन गर्नका लागि उपसभापति शारदा गौतमको संयोजकत्वमा गुरु पराजुली ,चित्र तुलाचन सदस्य रहेको समिती बनाउने निर्णय गरेको छ ।