arrow

८२ हजार रुपैयाँसहित ४ जुवाडे पक्राउ

logo
प्रदीप आचार्य,
प्रकाशित २०७५ कार्तिक १४ बुधबार
juwa.jpg

बुटवल।  बुटवलबाट जुवाको खालबाट ४ जुवाडे र ८२ हजार रुपैयाँ प्रहरीले पक्राउ गरेको छ। मंगलबार राति ११ बजे बुटवल कालिकानगरमा तास खेल्दै गरेका ४ ब्यक्तिहरु सहित सो रकम  बरामद गरीएको हो ।

बुटवल ११ कालिकानगर बस्ने कुसुम खड्काबाट रु १७ हजार, सोही स्थानका मुक्त गापाबाट ३० हजार, गुल्मी रुरु ४ स्थायी घर भई हाल बुटवल ११ बस्ने रेशम खड्काको साथबाट १७ हजार ५ सय , तिलोत्तमा नगरपालिका ३ बस्ने रामच्रन्द्र गौतमबाट ३९ हजार ५ सय र जुवाको खालबाट एक बुक तास तथा ५ हजार रुपैयाँ गरी ८२ हजार रुपैयाँ बरामद गरीएको ईलाका प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ ।

पक्राउ परेका ब्यक्तिहरुलाई थप अनुसन्धानको कार्य जारी रहेको प्रहरीले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ