arrow

कांग्रेस रुपन्देहीको चियापान कार्तिक १६ गते भैरहवामा

logo
प्रकाशित २०७५ कार्तिक १४ बुधबार
nepali-congress-flag.jpg.jpeg

बुटवल । विभिन्न चाडपर्वको अवसरमा नेपाली कांग्रेस रुपन्देहीले कार्तिक १६ गते चियापन तथा शुभकामना आदान-प्रदान गर्ने भएको छ ।

विजया दशामी, दिपावली, छठ, नेपाल संवत लगायतका पर्वको अवशर पारेर कार्यक्रमको आयोजना गरिएको सभापती अब्दुल रज्जाकले बताए ।

सभापती रज्जाकले जिल्ला पार्टी कार्यालय भैरहवामा आयोजना गरिएको कार्यक्रममा सहभागिताका लागि पनि सबैमा आग्रह गरे । नेपाली कांग्रेसले हरेक बर्ष चाडपर्वका अवसरमा चियापन कार्यक्रमको आयोजना गर्दै आएको छ ।

यस पटक पार्टिका प्रभावशाली नेता चक्र वास्तोलाको निधन भएकाले कार्यक्रम केहि ढिला भएको नेपाली कांग्रेसले जनाएको छ ।

शुक्रबार विहान ११ बजे हुने कार्यक्रममा सहभागि भई शुभकामना आदान प्रदान कार्यक्रममा भाग लिन पार्टि कार्यकर्ता एवं शुभेच्छुकहरुमा आग्रह गरिएको जिल्ला सचिव रामकृष्ण खांणले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ