arrow

दुर्घटनामा मगर र रिजालको मृत्यु

logo
प्रकाशित २०७५ कार्तिक १४ बुधबार
Dead_Body.jpg.jpeg

पोखरा । गण्डकी प्रदेशअन्तर्गत विभिन्न जिल्लामा बुधबार भएका दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।  प्रदेश प्रहरी कार्यालय पोखराका अनुसार पोखराको सराङकोटमा निर्माण भइरहेको होटल बाराही रिसोर्टमा रङ लगाउँदै गर्दा खसेर मकवानपुर, हेटौँडाका २५ वर्षीय राजकुमार मगरको मृत्यु भएको हो ।

 सो रिसोर्टको तेस्रो तलाबाट खसेर घाइते भएका मगरको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै नवलपुरमा पराल बोकेको लु ३ त ३६३३ नंको ट्र्याक्टरले विद्युत्को तारलाई छुँदा विद्युत् चुहिएर आगलागी हुँदा ट्र्याक्टरमा सवार कावासोती ११ का २० वर्षीय सन्तोष रिजालको मृत्यु भएको छ ।

कडौली–कावासोती भित्री सडकखण्डमा आज बिहान ११ बजे भएको सो आगलागीमा परी घाइते रिजालको उपचारका लागि भरपुरस्थित नयाँ मेडिकल कलेज लैजाने क्रममा बाटोमै मृत्यु भएको र सोही घटनामा घाइते सन्दिप रिजालको उपचार भइरहेको प्रहरी नायब उपरीक्षक गोविन्द पुरीले जानकारी दिए । रासस

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ