arrow

पूरै जीवन बाँच्न सक्छन् प्रधानमन्त्री ओली

logo
प्रकाशित २०७५ कार्तिक १५ बिहिबार
kp-oli-new.jpg.jpeg

काठमाडौं । ११ वर्षअगाडि दुवै मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओली वर्षौं बाँच्न सक्ने उनकी निजी चिकित्सक मिर्गौला रोग विशेषज्ञ प्राडा दिव्या सिंह शाहले बताएकी छिन् । 

मिर्गौलाको प्रत्यारोपण गर्दैमा उमेर नघट्ने बताउँदै डा शाहले ओली वर्षौंसम्म बाँच्न सक्ने बताइन् । 

उनले भनिन्, ‘प्रत्यारोपण गरेको १० वर्षपछि बाँच्ने सम्भावना ९० प्रतिशत हुन्छ । शरीरले काम गर्न सक्यो भने पूरै जीवन बाँच्न सक्छ बिरामी । 

डा शाहले नेपालमा पहिलो पटक प्रत्यारोपण गरेको १० वर्ष भएको छ । उनले आफूले अप्रेशन गरेको बिरामी अहिलेसम्म सकुशल रहेको बताइन् । 

उनले भनिन्, ‘एक पटक असफल भए अर्को पनि प्रत्यारोपण गर्न सकिने हुन्छ ।’

उनले मिर्गौला प्रत्यारोपण गरेपछि मिर्गौलाले पूरै जीवन राम्रोसंग काम गर्ने बताइन् । तर सबैको सफल दर हुन्छ भन्ने छैन । 
उनले प्रधानमन्त्री ओली अन्य रोग ठीक भए लामो समयसम्म बाँच्न सक्ने बताइन् । 

५ वर्षदेखि वर्षदेखि निरन्तर प्रधानमन्त्री ओलीकी निजी चिकित्सक रहेकी शाहले इच्छाशक्ति बढी भएकाले पनि प्रधानमन्त्री ओलीको आयू लामो रहेको बताइन् । 

गत सोमबार एक्कासी अस्पताल भर्ना भएपछि प्रधानमन्त्री ओलीको स्वास्थ्यलाई लिएर धेरै नेपालीको ध्यान तानिएको छ । 
 

अहिले उनी पूर्ण स्वस्थ्य रहेकाले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको मनमोहन कार्डियाक सेन्टरबाट डिस्चार्जको तयारीमा रहेको अस्पतालले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ