arrow

नेपाल पत्रकार महासंघ र चिनियाँ पत्रकार संघबीच सम्झौता 

logo
प्रकाशित २०७५ कार्तिक १५ बिहिबार
fnj1.jpg

काठमाडौं । नेपाल पत्रकार महासंघ एनएफजे र चिनियाँ पत्रकारहरुको संस्था अल चाइना जर्नालिष्ट एसोसिएसन एसीजेएबीच विभिन्न सम्झौतापत्रमा हस्ताक्षर भएको छ । 

नेपाल आएको एसीजेएको टोली र एफएनजेबीच बिहीबार एफएनजेको मुख्यालय संचारग्राममा भएको विशेष कार्यक्रममा दुवै संस्थाका महासचिवले सहमति पत्रमा हस्ताक्षर गरे । 

सहमति पत्रमा एफएनजे महासचिव रमेश विष्ट र एसीजेएका कार्यकारी सचिव पाङ गाङबीच हस्ताक्षर भएको हो । 

दुई देशका पत्रकारहरुबीच आपसी हकहितका विषयमा सहमति भएको हो । विशेषगरी आदानप्रदानका कुरालाई सम्झौतामा जोड दिइएको छ । 

शैक्षिक साझेदारी, शैक्षिक विषय, एक अर्काका कामका बारेमा र प्रकाशनका बारेमासमेत साझेदारी गर्नेमा जोड दिइएको एफएनजेले बताएको छ ।

यसैसाता नेपाल आएको ६ जनाको चिनियाँ पत्रकारको टोलीले कार्यबाहक राष्ट्रपति नन्दबहादुर पुनलाई पनि भेटेको थियो । 


घुम्नका लागि पोखरासमेत गएको टोली शुक्रबार स्वदेश फर्किने छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ