arrow

सर्लाही घटनामा एसएसपीको नेतृत्वमा छानविन समिति गठन

logo
प्रकाशित २०७५ कार्तिक १५ बिहिबार
congress-caraded-sarlai.jpg

सर्लाही । नेपाली कांग्रेसका कार्यकर्ता सर्लाही रामनगर गाउँपालिका–४ निवासी रामविलास महतोको हत्याको अनुसन्धान तथा छानविन गर्न प्रहरी प्रधान कार्यालयले एसएसपी शेखर कोइरालाको नेतृत्वमा एक डिएसपी र एक प्रहरी निरीक्षकसहितको छानविन समितिले गए रातिबाट स्थलगत अनुसधान सुरु गरेको छ ।

प्रहरी प्रधान कार्यालयको निर्देशनमा केन्द्रीय अनुसन्धान व्यूरोबाट डिएसपी निरन्जन भट्टको टोली पनि अनुसन्धानका लागि सर्लाही आइपुगि काम सुरु गरेको छ  ।  सर्लाहीको रामनगर गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) र कांग्रेस कार्यकता बीच झडप हुँदा एक जनाको ज्यान गएको थियो।

 झडपका क्रममा चलेको गोली लागेर एक जनाको ज्यान गएको थियो भने सात जना घाइते भएका थिए। रामनगर गाउँपालिका–४ का वडा अध्यक्ष रामनरेश महतोका काका अन्दाजी ५५ वर्षीय रामविलास महतोको गोली लागेर मृत्यु भएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ