arrow

बिहारका मुख्यमन्त्री नितेश कुमारलाई भेटेर के भने कांग्रेस नेता आलमले

logo
प्रकाशित २०७५ कार्तिक १५ बिहिबार
Aftab_aalam_nitesh_kumar.jpg

पटना, भारत । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधी सभाका सांसद अफ्ताव आलम र बिहारका मुख्यमन्त्री नितेश कुमारले नेपाल भारतको सम्बन्ध उचाईमा पूर्याउने संयुक्त प्रतिबद्धता ब्यक्त गरेका छन् ।

पूर्वमन्त्री समेत रहेका आलम र नितेश कुमार बीच बिहिबार पटना स्थित मूख्यमन्त्री कार्यालयमा भएको भेटवार्तामा दुई देशको सम्बन्धलाई प्रगाढ र उचाईमा पूर्याउन भूमिका खेल्ने बिषयमा छलफल भएको हो ।

भेटको क्रममा मूख्यमन्त्री नितेश कुमारले नेपाल र भारत बीचको सदियौं देखि रहँदै आएको सम्बन्धमा चर्चा गर्दै सो सम्बन्धलाई दुई देश बीच आर्थिक समृद्धि र जनहितका पक्षमा समेत बिस्तार गर्ने प्रतिबद्धता ब्यक्त गरे।

भेटका क्रममा नेता आलमले नेपालमा पर्यटन, जलश्रोत लगायतका बिषयमा लगानी गर्न बिहार सरकारलाई आग्रह गरेका छन् ।

भेटका क्रममा जेडियु नेता, बिहार बिधान सभा अल्पसंख्यक कल्याण समितीका सभापति ( बिधायक ) मोहम्मत शरफुदीनको समेत उपस्थिती रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ