arrow

कांग्रेसको चियापान कार्यक्रम सुरु

logo
प्रकाशित २०७५ कार्तिक १६ शुक्रबार
congress-tea.jpg

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विजयादशमी, दीपावली, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा आयोजना गरेको  शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सुरु भएको छ।

कार्यक्रममा सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति बिमलेन्द्र निधि, महामन्त्री शंसाक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव नेताहरु कृष्ण प्रसाद सिटौला, गोपालमान श्रेष्ठ, प्रकाश शरण महत, प्रकाशमान सिहं लगायतको उपस्थिति रहेको छ। कांग्रेसका नेता तथा प्रतिनिधि आउने क्रमम जारी छ भने अन्य व्याक्तिहरु चियापान कार्यक्रम सहभागी हुदैछन्। कांग्रेस नेताहरुसँग सोझै भेट्न सक्ने व्यवस्था मिलाइएको छ। पत्रकारहरुका लागि बेग्लै ठाँउको व्यवस्था गरिएको छ।

कार्यक्रममा राजनीतिक दलका नेता, मन्त्रिपरिषद्का सदस्य, सांसद, संवैधानिक निकायका प्रमुख, सरकारका विशिष्ट श्रेणीका कर्मचारी, सुरक्षा निकायका प्रमुख, कूटनीतिक नियोगका प्रमुख, उद्योगपति एवं व्यवसायी, बुद्धिजीवी, नागरिक समाजका अगुवा, मानवअधिकारकर्मी, सञ्चारगृहका प्रतिनिधि, पत्रकार, गैरआवासीय नेपालीका सङ्घ–संस्थाका पदाधिकारीलगायत विशिष्ट महानुभाव, कांग्रेसका सदस्य एवं शुभेच्छुकको सहभागिता रहने पार्टी प्रवक्ता शर्माले बताए।

पार्टी कार्यलय सानेपामा आयोजना गरिएको कार्यक्रम ललितपु भक्तपुर र काठमाडौं कांग्रेसको संयुक्त हो।  शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको व्यवस्थापन नेविसंघ र तरुण दलले संयुक्त गरेका छन्। शुक्रबारै केन्द्रीय कार्यालयसहित ७३ जिल्लामा चियापान कार्यक्रम आयोजना गरिने पनि जनाएको छ। सर्लाहीमा भने रामविलास महतोको हत्याको कारण कार्यक्रम स्थगित भएको छ।

हरेक वर्ष विजयादशमीको अन्तिम दिन कोजाग्रत पूर्णिमामा आयोजना गर्दै आएको चियापान कार्यक्रम यस वर्ष पार्टीका नेता एवं पूर्वमन्त्री चक्रप्रसाद बाँस्तोलाको निधन भएका कारण गरिएको पार्टीका केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिए। विगत पाँच वर्षदेखि अस्वस्थ रहेका नेता बाँस्तोलाको गत असोज २७ गते निधन भएको थियो।

चियापानमा विभिन्न क्षेत्रका करीब एक लाख व्यक्तित्वलाई निमन्त्रणा गरिएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । विसं २०३३ मा जननायक बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ भारतबाट स्वदेश फर्केपछि विसं २०३५ देखि प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाका दिन कांग्रेसले उक्त कार्यक्रम गर्दै आएको छ।

कांग्रेसले विसं २०७३ मा तत्कालीन पार्टी सभापति सुशील कोइरालाको निधनको वार्षिकी भएकाले र विसं २०७४ मा निर्वाचनका कारण चियापान कार्यक्रम आयोजना गरेको थिएन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ