arrow

निर्मला हत्याकाण्डका दोषी पत्ता लगाउन नसक्नु सरकारको नालायकीपन : गगन थापा

logo
प्रकाशित २०७५ कार्तिक १६ शुक्रबार
gagan-thapa4.jpg

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले निर्मला हत्याकाण्डको १०० दिन बितिसक्दा पनि हत्यारा पत्ता लगाउन नसकेको भन्दै सरकारको आलोचना गरेका छन् ।

नेपाली कांग्रेसले आयोजना गरेको विजयादशमी, दीपावली, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा आयोजना गरेको  शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा सञ्चारकर्मीको जिज्ञासाको उत्तर दिँदै उनले सरकार यो घटनामा गम्भीर नरहेको बताएका हुन् ।

 सरकारले हत्यारा पत्ता लगाउन नसक्नु सरकारको नालायकी र अयोग्यता मात्र नभइ लज्जाको विषय रहेको बताए । सरकारको सबै संयन्त्रले सत्यतथ्य बाहिर ल्याउन नचाहेको कारण अहिलेसम्म हत्यारा पत्ता लाग्न नसकेको बताए ।

यसले भविष्यको लागि रम्रो संकेत भने नगरेको उनको भनाइ छ । सरकारले यो घटनालाई निकै सामान्यरुपमा लिनु चिन्ताको विषय रहेको बताए ।

कुनै पनि घटनाको हत्यारा पत्ता लाग्नका लागि समय लाग्ने भए पनि यो घटनामा सरकारले हत्यारा बचाउन खोजेको विषयले मानिसहरुमा रहेको सरकारप्रतिको विश्वास हराएको थापाको भनाइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ