सर्लाही । नेपाली कांग्रेस सर्लाहीले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । मंगलबार ५५ वर्षिय राम विलास महतोको नेकपा कार्यकर्ताले गोली हानि हत्या गरेपछी शुक्रबार नेपाली कांग्रेस जिल्ला कार्य समितिले प्रेस विज्ञपति मार्फत आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।
जिल्लाका सम्पुर्ण नगरपालिका र गाँउपालिकामा शनिवार बेलुकी मसाल जुलुस गर्ने, १८ गते आइतबार बिहान ७ बजे देखि बेलुका ५ बजे सम्म पुरै जिल्ला बन्द गर्ने तथा बिहान ११ बजे नवलपुरमा १ घण्टासम्म राजमार्ग बन्दगरि चक्का जाम गर्ने लगायतको आन्दोलनको कार्यक्रम घोषणा गरिएको नेपाली कांग्रेस क्षेत्र नं. ४ बाट निर्बाचित संघिय सांसद डा. अमरेश कुमार सिंहले जानकारी दिए ।
त्यस्तै मृतकलाई सहिद घोषणा,उचित क्षतिपुतिी, दोषीलाई पक्राउ गरी कार्वाही नगरुनजेल आफुहरु शव नबुझने मृतकका आफन्त रामनरेश महतोले बताए ।
अहिले रामनगर गाँउपालिका ४ पुरै सुनसान भएको छ । नेकपाका कार्यकर्ता तथा स्थानीय बासी डरले घर छाडेर अन्यत्र गएको स्थानीयहरुले बताएका छन । जुनसुकै बेला झडप हुने डरले नेकपाको कार्यकर्ताहरु तथा स्थानीयहरु भागेको नेकपाका नेता शिवपुजन रायले बताएका छन ।
घटनाबारे जिल्ला प्रहरी कार्यालयममा बुझदा दोषीलाई खोजतलास गरीरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक पोषराज पोखरेलले बताए ।
अहिले रामनगर र जिल्ला अस्पताल मलंगवामा सुरक्षाको लागि वाकलो रुपमा नेपाल प्रहरी तथा जनपथ प्रहरी खटाइएको उपरिक्षक खोखरेलले बताए ।