बर्दियाको विकास निर्माणमा मेरो चासो छ : पुर्व सभामुख घर्ती
मुरली गोडिया,
प्रकाशित २०७५ कार्तिक १७ शनिबार
440
Shares
बर्दिया। पुर्व सभामुख ओनसरी घर्तीले नेपालको जलस्रोतलाई प्रयोग गरि नेपाली जनतालाई सुखी बनाउने नेपाल सरकारले सपना देखेको बताएकिछिन्। बर्दियाको विकास निर्माणका योजनाहरुमा आफ्नो ध्यानाकाषर्ण भएको र नेपाली जनताको भविष्यको इतिहासले कोल्टे फेरी सकेको छ। उनले भनिन्, "यस्तो कोल्टे फेराइले मानिसहरु भयवित भएर विभिन्न किसीमको टिकाटिप्पणी गर्न थालेका छन्, नेपाली जनता धैर्य गर्नु पर्छ।"
नेपाल कम्युनिष्ट पार्टी नेकपाको आयोजनामा विजया दशमी छठ पर्व तथा नेपाल संवद ११३९ को अवसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम गुलरियामा गरेको छ। प्रदेश नम्बर ५ का प्रदेशसभा सदस्य भुवन थारुको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै कार्यक्रमकी प्रमुख अतिथी तथा पुर्व सभामुख घर्तीले यस्तो बताएकि हुन्।
कार्यक्रममा ५ नं प्रदेशका प्रदेशसभा सदस्य कुलप्रसाद पोख्रेल, दिपेश थारु, पुर्वराज्य मन्त्रि विष्णु चौधरी, केन्दिय सदस्य तीलकराम शर्मा हिमाल, प्रतिनीधी सभा सदस्य तुलसा थापा, विमला विक. लगायतको उपस्थिती रहेको थियो भने बर्दिया जिल्लाका ८ वोटै स्थानिय तहका नगरप्रमुख तथा उपप्रमुख, जिल्ला समन्वय समिती बर्दियाका प्रमुख शंकर प्रसाद थारुको उपस्थिती रहेको थियो।
जिल्लाका आठ ओटै स्थानीय तहको प्रतिनिधित्व गरि कार्यक्रममा बोल्दै गुलरिया नगरप्रमुख मुक्तिनाथ यादवले गुलरिया नगरपालिका लगायतका स्थानहरुमो आएको बाढी प्रभावितहरुले पाउने रकमलाई निकासा गरि दिन आग्रह गरे।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रतिनिधी सभासदस्य विमला वि.क.ले नेकपा ल्याएको एजेण्डालाई अरुले हामीले ल्याएको ऐजेण्डा भन्दै प्रचार गर्दै सस्तो लोकप्रियता कमाउने गरेको बताउँदै बर्दियाका बाढी प्रभावितहरुका लागी अर्थमन्त्रालयले रकम निकासाका लागी आफुहरु संग प्रतिवद्धता गरेको बताए।