महतोको हत्यारा पक्राउ नगरेसम्म शव उठ्दैन : डा. कोइराला
प्रकाशित २०७५ कार्तिक १७ शनिबार
489
Shares
सर्लाही । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सर्लाहीको रामनगरमा मारिएका रामविलास महतोको हत्यारा नपक्रेसम्म उनको शव नउठ्ने बताएका छन।
राज्य नै दोषीलाई उन्मुक्ती दिन लागेको बताउदै डा कोइरालाले भने- " कुनै दलको सदस्य भएकै आधारमा हत्यारा बचाउन पाईदैन। घट्ना घटेको यतिका दिन भैसक्दा पनि दोषी पक्रन नसक्ने र नागरिकको जिउधनको सुरक्षा गर्न नसक्ने सरकारलाई एक मिनेट पनी सत्तामा बस्ने नैतिकता छैन।"
डिएलएको प्रदेश नं-१ को भेलाको उदघाटन समारोहलाई बिराटनगरमा संबोधन गर्दै डा कोइरालाले न्यायालयमा दलिय छायाँ परिसकेको बताए। त्यसैका कारण पछिल्ला दिनहरुमा न्यायपालिकाप्रति जनताको विश्वास घट्दै गएको पनि डा कोइरालाले बताए ।