arrow

झिलझिलेमा भ्यान र मोटरसाइकल ठोक्किए, एकको मृत्यु, तीन घाइते

logo
प्रकाशित २०७५ कार्तिक १७ शनिबार
durghatana.jpg

दमक । झापाको कमल गाउँपालिका ३ झिलझिलेमा मारुती भ्यान र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक, मारुती चालक तथा त्यसमा सवार यात्रु घाइते भएका छन् । 

मोटरसाइकलको पछाडि बसेका २७ वर्षीय श्रवण कुरामा शेर्माको मृत्यु भएको छ, भने मोटरसाइकल चालक तारा शेर्मा घाइते छन् । यस्तै, सामान्य घाइते भएका मारुती चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार मारुतीमा रहेकी आशा खड्कालाई समेत चोट लागेको र उनको लाइफलाइन अस्पतालमा उपचार भइरहेको छ । दुर्घटना कसरी भएको भन्नेबारे प्रहरीले मारुती चालकसँग सोधपुछ गरिरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ