महतो हत्याको विरोधमा सर्लाहीका २० ओटै तहमा कांग्रेसको राके जुलुस
आइतबार सर्लाही बन्द एक घण्टा राजमार्ग अबरुद्ध गरिने
प्रकाशित २०७५ कार्तिक १७ शनिबार
356
Shares
सर्लाही । गत कार्तिक १३ सर्लाहीको क्षेत्र नं. ४ स्थित रामनगर गाउँपालिका वडा नं. ४ मा नेपाली काँग्रेसका कार्यकर्ता राम विलास महतोको हत्या र ७ जना घाइते बनाएको बिरोधमा सर्लाही कांग्रेसले राके जुलुस निकालेको छ ।
नेपाली कांग्रेसका तर्फबाट रामनगर वडा नं. ४ का निर्वाचित वडाध्यक्ष राम नरेश महतोको काका ५५ वर्षिय राम बिलास महतोको मुख र पेटमा गोली हानि नेकपा कार्यकर्ताहरुले ज्यान लिएका थिए । आक्रमणमा सोही वडाका महदेव राय, बिबेक महतो, प्रमोद सहनी, भोजेन्द्र महतो, श्रीनारयण महतो, प्रेम नारायण महतो,मुकेश प्रसाद महतोलाई गोलीको छर्रा लागि घाइते भएका थिए ।
सोहि घटनाको बिरोधमा शनिबार सर्लाहीका २० ओटै स्थानीय निकायमा मसाल जुलुस निकालेको हो। गृहमन्त्री राजीनामा दे, कम्युनिष्ट अधिनायकबाद मुर्दाबाद ,मृतक रामविलासलाई सहिद घोषणा गर ,पिडितलाई क्षतिपुर्ति दे, दोषीलाई पक्राउ गरी छिटै सार्वजनिक गर लगायतका नारा लगाएर बिरोध प्रदर्शन गरिएको थियो ।
सर्लाही कांग्रेसले कार्तिक १८ गते जिल्ला बन्द र एक घण्टा ११ देखि १२ बजेसम्म पुर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपुरमा सडक जाम गर्ने जिल्ला सभापति नागेन्द्र राय यादवले जानकारी दिए ।