बाघको आक्रमणबाट अर्घाखाँचीमा ४ वर्षीय बालकको मृत्यु
घनश्याम पौडेल,
प्रकाशित २०७५ कार्तिक १७ शनिबार
443
Shares
अर्घाखाँची। बाघको आक्रमणबाट अर्घाखाँचीमा फेरी एक बालकको मृत्यु भएको छ । शनिबार बेलुका ५ बजेर ४० मिनेटमा घरको आगनमा खेलीरहेको समयमा भुमिकास्थान नगरपालिका ९ का मदन घिमिरेका ४ वर्षीय आरएन घिमिरेलाई बाघले आक्रमण गरेको हो ।
आक्रमण गरेसँगै उनको उपचारका क्रममा जिल्ला अस्पताल सन्धिखर्कमा मृत्यू भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक खिमबहादुर घर्ती मगरले जानकारी दिए ।