कपिलवस्तु । अहिले किसानले लगाएको धान भित्राउने समय हो । तराईमा विशेष गरी कम्वाइन हाभे्रष्टरले धान काटेर खेतमा आगो लगाउदा आगलागीकाको समस्या देखिएको छ ।
पछिल्लो समय कपिलवस्तुमा यस्ता धेरै समस्या उत्पन्न भएको छ । कम्वाइले धान काट्दा आधा पराल खेतमा रहने र धान काटेपछि किसानले उत्त पराललाई आगो लगाइ जलाउदा काट्न बाकीं धानमै आगो लागेर लाखै रुपैयाको नोक्सान भैसकेको छ ।
मायादेवी गाउंपालिकाको पिपरमा यस्तो आगलागी हुदा ५ लाख वढिको नोक्सान भैसकेको छ । यस्तो घटना हुन लागेपछि आगो नलागाउन किसानहरुलाई जिल्ला प्रशासन कार्यालयले सूचना नै निकालेर आगो लगाइ पराल नजलाउन भनेको छ ।
तर पनि यो कार्य निरन्तर भएको छ । आगलागीबाट धनको मात्र नोक्सान नभइ खेतमा भएका मित्रजिवहरु जलेर नष्ट हुंदा उत्पादनमा समस्या आउने कृषि विज्ञ खुर्सेद अहमख खांले बताए ।