arrow

लण्डन जान खोजेका पर्यटनमन्त्री अधिकारीको भिसा कसले च्यात्यो ? 

logo
प्रकाशित २०७५ कार्तिक १८ आइतबार
rabindra-adhikari-minister.jpg

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीको भिसा च्यातिएको अवस्थामा भेटिएको छ । इङल्याण्ड जाने तयारीमा रहेका उनको भिसा च्यातिएको अवस्थामा भेटिएको हो । 

सोमबारदेखि लन्डनमा हुने ‘विश्व पर्यटन मेला’मा नेपालको तर्फबाट सहभागी हुन त्यहाँ जान लागेका मन्त्री अधिकारीको भिसा लागेको राहदानीको पानासहित च्यातिएको अवस्थामा भेट्टिएको हो ।

भिसा नै च्यातिएपछि उनको पूर्व निर्धारित समयमा लन्डन पुग्ने कार्यक्रम नै अन्योलनमा परेको छ । भिसा लागिसकेको उनको राहदानीको पानासमेत च्यातिएको अवस्थामा भेटिनुमा अहिलेसम्म बेलायती दूतावास र काठमाडौंको राहदानी संकलन केन्द्र भीएचएफमध्ये कसको लापर्बाहीका कारण भिसा रद्द भएको भन्नेबारे आधिकारीक जानकारी बाहिर आएको छैन । 

शुक्रबार दिउँसो मन्त्री अधिकारीको राहदानी संकलन गर्न काठमाडौंस्थित भीएचएफ कार्यालय पुगेका मन्त्रालयका कर्मचारीलाई सो केन्द्रले च्यातिएको र रातोमसीले क्रस गरेर भिसा थमाएपछि उनको बेलायत भ्रमण नै प्रभावित हुन पुगेको हो ।

बहालवाला मन्त्रीकै भिसा लागेको राहदानी च्यातिएको अवस्थामा भेटिएपछि सो बिषयमा यथार्थ बुझ्न पर्यटन मन्त्रालयका कर्मचारीले ललितपुर प्रहरीलाई खबर गरेका थिए । प्रहरीले काठमाडौंस्थित भिसा वितरक केन्द्र भीएचएफ ग्लोबलको कार्यालय पुगेर मुचुल्का उतारेको थियो ।

मन्त्रालय स्रोतका अनुसार पर्यटनमन्त्री अधिकारीबाहेक अन्य कर्मचारीले सो कार्यक्रममा जान गत बिहीबार नै भिसा हात पारेका थिए ।

सो मेलामा नेपालका तर्फबाट ३१ पर्यटन व्यवसायी समेतले उपस्थिति जनाउने बताइएको छ । अब मन्त्री नै जान नपाएपछि बाँकीको अवस्था के हुन्छ भन्ने टुंगो लागेको छैन । 

मन्त्रालय स्रोतका अनुसार मन्त्री अधिकारीको पुनः भिसा प्रक्रिया प्रयास हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ