arrow

नेपाली मानव अधिकारकर्मी प्याकुरेललाई मानार्थ विद्यावारिधी 

logo
प्रकाशित २०७५ कार्तिक १८ आइतबार
gunraj-pyakurel.png

काठमाडौं । मानव अधिकारकर्मी गुणराज प्याकुरेलले मानार्थ विद्यावारिधीको उपाधि पाएका छन् । उनले मानव अधिकारको क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै भारतको ‘द युनिभर्सल तामिल युनिभर्सिटी’ले विद्यावारिधिको उपाधी प्रदान गरेको हो ।

मानवअधिकारको क्षेत्रमा विगत १२ वर्षदेखि लागिरहेका प्याकुरेलले सामाजिक सेवा, प्राकृतिक प्रकोपमा उद्धारजस्ता कामहरु पनि गर्दै आएका छन् । 

प्याकुरेल नेपाल स्काउटका सहायक राष्ट्रिय प्रशिक्षक पनि हुन् । उनले स्काउटमा पनि समयअनुसार सुधारको लागि आवाज उठाउँदै आएका छन् । युथ फर ह्रयुमन राइटस्का राष्ट्रिय संयोजक पनि रहेका प्याकुरेलले मानव अधिकार प्रचार प्रसारको क्षेत्रमा पुर्‍याएको योगदानको लागि उनी त्यस विधामा चुनिएका हुन् । 

प्राकृतिक प्रकोपको समयमा पुर्‍याएका उद्धारको लागि मानव अधिकारको क्षेत्रसँगसँगै प्याकुरेल प्राकृतिक प्रकोपको समयमा पनि देश विदेशमा सेवा गर्दै आएका छन् ।

प्याकुरेल शुभारम्भ युवाका संस्थापक अध्यक्ष, सोच समुहका महासचिव, रोटरी क्लब अफ राजधानीका सदस्य, प्याक्स अर्थ नेपालका उपाध्यक्ष हुन् ।

सन् २०१२ मा भारतको आसाम, सन् २०१३/१४ मा फिलिपिन्स, सन् २०१५मा नेपालको महाविनाशकारी भूकम्प, सन् २०१६ मा बंगलादेशमा पनि सहयोग पुर्‍याएका प्याकुरेललाई युथ फर हयुमन राइट्स इन्टरनेशनलले सन् २०१५मा ‘साउथ एसियन हिरो अवार्ड’ र सन् २०१७ मा ‘इन्टरनेशनल ह्रयुमन राइटस् हिरो अवार्ड’ प्रदान गरेको थियो भने दैवी प्रकोप उद्धार पदक तथा विभिन्न सम्मानबाट विभूषित भइसकेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ