arrow

तुलाधरले मानव अधिकार र भाषा आन्दोलनमा गरेकाे योगदान सँधै स्मरणीय रहनेछ : देउवा

logo
प्रकाशित २०७५ कार्तिक १८ आइतबार
p_tuladhar.JPG

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले पूर्व स्वास्थ्य तथा श्रममन्त्री एवं मानव अधिकारवादी अगुवा पद्मरत्न तुलाधरले नेपालको मानव अधिकार र भाषा आन्दोलनमा पुर्‍याएको योगदान सँधै स्मरणीय रहने बताएका छन् । 

तुलाधरको निधनको खबर थाहा पाएपछि सभापति देउवाले ट्वीटरमार्फत यस्तो उल्लेख गरेका हुन् । कांग्रेस भापति देउवाले ट्वीट गर्दै, ‘ मानवअधिकारवादी नेता पद्मरत्न तुलाधरको निधन को खवरले दुःखी भएको छु । नेपालको मानवअधिकार र भाषा आन्दोलनमा उहाँको योगदान स्मरणीय रहनेछ । उहाँको आत्माको चिर शान्न्तिको कामना गर्दै परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु’ भनेका छन् ।  

तुलाधरको आइतबार दिउँसो काठमाडौंको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।  ७७ वर्षका तुलाधर मस्तिष्कघात भएर अस्पताल भर्ना भएका थिए । उनी लामो समयदेखि छातीको सङ्क्रमणबाट ग्रसित थिए । नेपाल संवतलाई राष्ट्रिय मान्यता दिलाउन महत्वपूर्ण भूमिका खेलेका तुलाधर पूर्व स्वास्थ्य तथा श्रममन्त्री हुन् । उनले नेपालको शान्ति प्रक्रियामा समेत ठूलो योगदान गरे ।  

पत्रकार तथा साहित्यकार समेत रहेका तुलाधरका श्रीमती, दुई छोरा र दुई छोरी छन् । तुलाधरको सोमबार टेकुस्थित शोभाभगवतीमा अन्तिम संस्कार गरिने बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ