arrow

बालगोपालेश्वर मन्दिर यसपाली पनि नखुल्ने

logo
प्रकाशित २०७५ कार्तिक १८ आइतबार
ranipokhari-balgopaleswori.jpg

काठमाडौं। तिहारको भाइटीकाको दिन मात्रै सर्वसाधारणका लागि खुल्ला रहने काठमाडौं रानीपोखरीको बालगोपालेश्वर मन्दिर यसपाली पनि खुला नगरिने भएको छ।

काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले, रानीपोखरी पुनःनिर्माण हुन नसकेको र अहिल्यै खुला गर्दा समस्या पर्न सक्ने भएकोले, यसपाली पनि बालगोपालेश्वर मन्दिर बन्द नै राखिने जानकारी दिएकी हुन्। जमल सडकबाट बालगोपालेश्वर मन्दिरसम्म पुग्ने पुल पनि कमजोर रहेको र वरपर पनि सरसफाइ गर्नुपर्ने भएकोले नखोल्ने निर्णय गरिएको उनको भनाइ छ।

वर्षैभरि बन्द रहने पोखरी बालगोपालेश्वर मन्दिर भाइटिकाका दिन एक दिन खुल्ने गरेको थियो। दिदीबहिनी नहुनेहरू तिहारको टीका लगाउन, बालगोपालेश्वर पुग्ने गर्थे। काठमाडौं महानगरपालिका वडा नम्बर २८ का अध्यक्ष भाइराम खड्गीले पनि, रानीपोखरी भित्र परिषरमा पुनःनिर्माणका सामग्री अस्तव्यस्त रुपमा राखिएको र मर्मतको तयारीमा रहेको पुल पनि जोखीममा रहेकाले सर्वसाधारणलाई प्रवेश दिइने संभावना नभएको जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ