arrow

गौचन हत्या प्रकरण : समीरकी पत्नी माया परिन् १० दिन थुनामा 

logo
प्रकाशित २०७५ कार्तिक १८ आइतबार
maya_sherchan.JPG

काठमाडौं ।  नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन लगायत व्यक्ति हत्या तथा गोली काण्डमा संलग्न रहेको भन्दै पक्राउ परेकी माया शेरचनलाई १० दिन थुनामा राखिने भएको छ । माया शेरचन बस्नते नाम लेखाउने उलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ ।

गौचन हत्याको मुख्य योजनाकार मायाकै श्रीमान समीरमान बस्नेत भनिएको छ । समीर जेलमै छन् । मायाका साना एक छोरा, एक छोरी छन् । उनी केही समय अघि एक छोरा र एक छोरीका साथ आफ्ना श्रीमानको इन्काउन्टर गर्न लागिएको भन्दै पत्रकार गुहार्न पुगेकी थिइन् ।  

आइतबार नागार्जुन नगरपालिका–२ दुईधाराबाट पक्राउ परेकी ३१ वर्षीया मायाले  शरदकुमाार गौचन, दुर्गा तिवारीको हत्या तथा दावा लामामाथि गोली प्रहार गरिएको घटनामा पेस्तोल दिने र लिने दुबै काम गरेको भन्दै महानगरीय अपराध महाशाखाको टोलीले उनलाई पक्राउ गरेको हो । 

त्यति मात्र नभई उनले हुण्डीमार्फत भारतमा पैसा पठाउने गरेको समेत खुलेको छ । यस्तै, गौचनलाई गोली हान्नेलाई लुकाएर आफ्नै घरमा राखेको समेत उनिमाथि आरोप छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ