arrow

फरार अभियुक्त पक्राउ

logo
प्रकाशित २०७५ कार्तिक १९ सोमबार
pakrau.JPG

मेलम्ची । अदालतले एक महीना कैद र दुई लाख २९ हजार जरिवाना तोकेका फरार दोषीलाई जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकले सोमबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक जिल्ला साविक सस्र्यूखर्क गाविस वडा नं ६ का अभिषेक तामाङ हुन् । चोरी र अन्य मुद्दाका दोषी तामाङलाई अदालतले गत कात्तिक १२ गते फैसला गरेको थियो ।

उनलाई मेलम्ची नगरपालिका वडा नं १२, बाहुनीपाटी बजारमा पक्राउ गरी सिन्धुपाल्चोक जिल्ला अदालतमा पेश गरिएकामा अदालतको आदेशले कैद भुक्तानका लागि जिल्ला कारागार शाखा चौतारामा पठाइएको जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक विमलराज कँडेलले जानकारी दिए । रासस

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ